हिन्दू धर्मलाई कसैले पछाडि पार्न सक्दैन : गगन थापा

हिमाल प्रेस ८ मंसिर २०८० १९:५९ | Friday, November 24, 2023
हिन्दू धर्मलाई कसैले पछाडि पार्न सक्दैन : गगन थापा

अर्घाखाँची- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्र रहेको बताएका छन्।

नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकको स्वतन्त्रता नै समाजको परिवर्तनको सबैभन्दा ठूलो शक्ति भएको बताएका हुन्। नागरिक स्वतन्त्र भएनन् भने त्यो समाजले परिवर्तन गर्न सक्दैन भन्ने नीतिका आधारमा कांग्रेस पार्टी अगाडि बढेको उनले बताए।

‘नेपाली कांग्रेसले संकल्प गर्नुपर्छ। कांग्रेस हामी बदल्छौँ। बदलिएको कांग्रेसले नेपाललाई थप बलियो बनाउने हो। नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो,’ उनले भने, ‘बेरोजगारी अन्त्य गर्न नेपाली कांग्रेस लाग्नुपर्छ । देशका सबै दल र समूहलाई सम्हालेर लैजान सक्ने पाटी कांग्रेस मात्र हो।’

हिन्दू धर्मलाई कसैले पछाडि पार्न नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले यो कसैले हल्लाएर नहल्लिने बताए। कुनै पाखण्डले हिन्दू धर्म खतरामा छ भन्दैमा कसैको पछाडि लाग्न नहुने उनको भनाइ थियो। रासस

प्रकाशित: ८ मंसिर २०८० १९:५९ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast