हिउँ चितुवा र संस्कृति संरक्षणमा नासों

हिमाल प्रेस २५ कार्तिक २०८० ९:५१ | Saturday, November 11, 2023
हिउँ चितुवा र संस्कृति संरक्षणमा नासों
मनाङ- मनाङको प्रवेशद्वार नासों गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ।
लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए।
अध्यक्ष गुरुङले भने, ‘हाम्रा अग्रजले मान्दै आउनुभएको संस्कृति र हिउँ चितुवा संरक्षणले नै जलवायु सन्तुलन भएको थियो। अहिले यी लोपोन्मुख चिजको प्रवर्द्धन आवश्यक छ। पालिकाले यस्ता कार्यको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ र लागिपरेका छौँ।’
उनले हिउँ चितुवा र संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटक आकर्षित गर्ने योजना रहेको बताए। यहाँको मुख्य आय नै पर्यटन भएकाले यसको पनि उपयोगमा जोड दिइएको उनको भनाइ छ।
चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेसनका संयोजक नरेन्द्र लामाले जलवायु परिवर्तनले हिउँ चितुवाको संख्या घट्दो अवस्थामा पुगेको बताए। उनले चितुवाको संख्या घट्नुले जलवायु खलबलिएको जनाउँछ। विश्वमा नेपाललाई हिउँ चितुवाको बासस्थानको रूपमा चिनिने गरेको उनको भनाइ छ।
विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन्। तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा पाइन्छ।
प्रकाशित: २५ कार्तिक २०८० ९:५१ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast