काठमाडौँ- इजरायलस्थित नेपाली दूतावासले हमासको आक्रमणमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको खोजी कार्य जारी रहे पनि फेला पार्न नसकिएको बताएको छ।
७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा विपीन पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ।
‘विपीनको पछिल्लो अवस्थाबारे यकिन गर्न सकिएको छैन । हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको छ,’ दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ।

प्रकाशित: ४ मंसिर २०८० ७:२० | Monday, November 20, 2023
प्रतिक्रिया





