हतारमा माओवादी केन्द्रसँग पार्टी एकता हुँदैन : महेन्द्र राय यादव

हिमाल प्रेस ६ मंसिर २०८० १३:४१ | Wednesday, November 22, 2023
हतारमा माओवादी केन्द्रसँग पार्टी एकता हुँदैन : महेन्द्र राय यादव फाइल तस्बिर

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले हतारमा नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने बताएका छन्। काठमाडौंको जडिबुटीस्थित एक पार्टी प्यालेसमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष रायले हतारमा माओवादीसँग पनि एकता नगर्ने बताएका हुन्।

´हामी पार्टीमा एकढिक्का छौँ। म यहीँबाट भन्न चाहन्छु, कोही कतैपट्टी छैनाैँ। जहाँसम्म पार्टी एकताको कुरा छ, त्यसको गृहकार्य चलिरहेको छ। तर हतारमा हामी पार्टी एकता गर्दैनाैं,’ उनले भने,’हामीले सम्मानजनक रुपमा मात्रै पार्टी एकता गर्नुपर्छ। अब हामीले पुनः संगठन निर्माण,सुदृढीकरण अभियान चलाउनुपर्छ।`

नेसपा केन्द्रीय समिति बैठकका एजेन्डामा पार्टी एकता, संगठन निर्माण, पुनर्गठन र प्रदेशगत रिपोटिङ छन् । अहिले नेसपा प्रदेश अध्यक्षहरूले प्रदेशमा पार्टीको अवस्थाबारे रिपोटिङ गरिरहेका छन्।

प्रकाशित: ६ मंसिर २०८० १३:४१ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast