सौतेनी छोराको कुटपिटबाट महिलाको मृत्यु

हिमाल प्रेस ५ मंसिर २०८० १९:२७ | Tuesday, November 21, 2023
सौतेनी छोराको कुटपिटबाट महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

मकवानपुर- मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी गाउँपालिका-५, डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया चेपाङ रहेको मकवानपुरका प्रहरी नायव निरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार सन्तमायालाई कात्तिक २७ गते डिलबहादुरकी जेठी श्रीमतीका २६ वर्षीय छोरा ईन्द्रबहादुर चेपाङले कुटपिट गरी घाइते बनाएका थिए। घाइते सन्तमायाको चितवनस्थित सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा आज (मंगलबार) मृत्यु भएको प्रवक्ता भण्डारीले जानकारी दिए।

कुटपिटमा संलग्न इन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताए। रासस

प्रकाशित: ५ मंसिर २०८० १९:२७ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast