सेयर बजार स्थिर, १ अर्बको कारोबार

हिमाल प्रेस ४ मंसिर २०८० १५:२५ | Monday, November 20, 2023
सेयर बजार स्थिर, १ अर्बको कारोबार

काठमाडौँ– तिहार बिदापछि सोमबार खुलेको सेयर बजारमा ठूलो उतारचढाव देखिएन। आज १.३९ अंकले नेप्से परिसूचक उकालो लागेको छ। कुल ११९ कम्पनीको मूल्य बढ्दा ११३ कम्पनीको मूल्य भने घटेको छ।

सोमबार १८५२ बिन्दुबाट सुरु भएको बजार १८७२ बिन्दुसम्म उक्लिएको थियो। त्यसपछि क्रमशः ओरालो लागेको परिसूचक १८५३.४८ बिन्दुमा पुगेर रोकिएको हो।

सोमबार २८४ कम्पनीको सेयर खरिदबिक्री हुँदा १ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ। आज ग्लोबल आइएमई लघुवित्त र कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। कारोबार रकमका हिसाबले हिमालयन डिस्टिलरी लिमिटेड शीर्ष स्थानमा रह्यो।

आज विकास बैंक र व्यापार उपसमूहप्रति लगानीकर्ता आकर्षित भए। विकास बैंक उपसमूहको सूचक १.२६ प्रतिशतले र व्यापार उपसमूहको सूचक १.४२ प्रतिशतले बढेको छ।

प्रकाशित: ४ मंसिर २०८० १५:२५ | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast