![सेनाले भूकम्पमा परेर घाइते भएकाको यसरी उद्धार गरिहेको छ [फोटो फिचर]](https://himalpress.com/wp-content/uploads/2023/11/earthquake-7.jpg) 
                             
                                            काठमाडौँ- जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण प्रभावित भएकाको उद्धार र सहयोगमा नेपाली सेना खटिएको छ।
भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धारको कार्य गरिरहेको छ। सेनाले आफ्नो हेलिकप्टरमार्फत पीडितलाई उपचारका लागि नेपालगञ्ज सैनिक अस्पताल पुर्याउने काम गरिरहेको छ। सेनासँगै प्रहरी, सशस्त्र प्रहरीले पनि भूकम्प पीडितको उद्धारमा सहयोग गरिरहेका छन्। गए राति ११:४७ बजे जाजरकोट केन्द्र विन्दु भई भूकम्प गएको थियो। अहिलेसम्म १३५ जनाको निधन भइसकेको छ।
 
  
  
  
  
 
                            प्रकाशित: १८ कार्तिक  २०८० १४:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 