सुकुमबासीको समस्या हल हुन्छ : प्रधानमन्त्री

हिमाल प्रेस ११ मंसिर २०८० १९:२९ | Monday, November 27, 2023
सुकुमबासीको समस्या हल हुन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुमबासी समस्या समाधान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (सोमबार) नेकपा (माओवादी केन्द्र) को वेबसाइट सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले सुकुमबासीहरूको समस्या हल हुने दाबी गरे। उनले सुकुमबासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिए।

‘सुकुमबासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ। वन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ। मान्छे मरे पनि रुख काट्न नपाइने अवस्था छ,’ उनले भने।

सो ऐनको संशोधनपछि विकास निर्माण र लालपुर्जा वितरण गर्ने काम अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ छ।

सरकारका तर्फबाट देश र जनताको पक्षमा राम्रो काम गर्ने इमान्दार प्रयास भएको बताउँदै दिँदै प्रधानमन्त्रीले मिटरब्याज पीडितको समस्या समाधान गर्न प्रयास गरिएको, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति, भूमाफियालाई कारबाही, नक्कली भुटानी शरणार्थी प्रकरणमा हस्तक्षेप र तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार भएको दाबी गरे। -रासस

प्रकाशित: ११ मंसिर २०८० १९:२९ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast