सीके राउतले गरे भूकम्प प्रभावित क्षेत्रमा ब्ल्यांकेट वितरण

हिमाल प्रेस ११ मंसिर २०८० १२:५० | Monday, November 27, 2023
सीके राउतले गरे भूकम्प प्रभावित क्षेत्रमा ब्ल्यांकेट वितरण

काठमाडौँ- जनमत पार्टीका सभापति सीके राउत भूकम्प प्र​भावित क्षेत्र जाजरकोट पुगेका छन्।

पार्टीका अन्य नेतासँगै राउत आइतबार जाजरकोट पुगेका हुन्। प्रतिनिधिसभाको विकास पूर्वाधार समितिका सदस्य समेत रहेका राउत पीडितको दैनिकी तथा पुनर्निर्माणको अवस्था बुझ्न जाजरकोट पुगेका हुन्।

राउतले भूकम्प प्रभावित परिवारलाई ब्ल्यांकेट वितरण गरेका समेत गरेका छन्। तराई मधेशकेन्द्रित जनमत पार्टीका सभापति राउतले पहाडी जिल्लामा समेत संगठन विस्तारको योजना बनाएको सो पार्टीका नेताहरू बताउँछन्।

प्रकाशित: ११ मंसिर २०८० १२:५० | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast