सिंहदरबार छिर्ने गेट नजिकै दुर्घटना हुँदा एक जनाको ज्यान गयो

हिमाल प्रेस २७ कार्तिक २०८० १७:३७ | Monday, November 13, 2023
सिंहदरबार छिर्ने गेट नजिकै दुर्घटना हुँदा एक जनाको ज्यान गयो

काठमाडौँ- माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ।

स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा स्कुटर चालक ईलाम घर भई काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्दै आएकी २३ वर्षीया रितु सुवेदीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

आइतबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

प्रकाशित: २७ कार्तिक २०८० १७:३७ | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast