साहित्यकार शान्तदास मानन्धरको निधन

हिमाल प्रेस २८ कार्तिक २०८० १९:२७ | Tuesday, November 14, 2023
साहित्यकार शान्तदास मानन्धरको निधन

काठमाडौँ- वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ। बयोधा अस्पतालमा उपचारका क्रममा आज (मंगलबार) उनको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले जानकारी दिए।

स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए।

साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशकन गरेका थिए। ६ दशकभन्दा लामो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरेका उनले राणा शासनदेखि नै बालखुराक पस्कदै आएका थिए। साहित्यकार उपाध्यायका अनुसार मानन्धरको अन्त्येष्टि बुधबार गरिनेछ। रासस

प्रकाशित: २८ कार्तिक २०८० १९:२७ | Tuesday, November 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast