सांकेतिक तस्बिर।
काठमाडौँ- कञ्चनपुरमा सामुदायिक वनभित्र एक पुरुष मृत फेला परेका छन्।
कृष्णपुर नगरपालिका-४ समैजी सामुदायिक वनभित्र रहेको सिस्ने खोलामा डुबेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
नाम थर नखुलेको अन्दाजी ६५ वर्षीय पुरुषको शव बुधवार साँझ प्रहरीले फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार उक्त शवको पहिचान कार्य भइरहेको छ।
प्रकाशित: ७ मंसिर २०८० ९:११ | Thursday, November 23, 2023
प्रतिक्रिया




