साना उद्योगलाई कृषि क्षेत्रजस्तै प्राथमिकता दिन माग

हिमाल प्रेस १२ मंसिर २०८० १६:४४ | Tuesday, November 28, 2023
साना उद्योगलाई कृषि क्षेत्रजस्तै प्राथमिकता दिन माग

काठमाडौँ– आत्मनिर्भर अर्थतन्त्र निर्माण र व्यापार घाटा न्यूनीकरण गर्न सघाउने लघु, घरेलु तथा साना उद्योगलाई कृषि क्षेत्रजस्तै प्राथमिकता प्राप्त क्षेत्रका रूपमा घोषणा गर्नुपर्ने माग गरिएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नीतिगत संवाद कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन्। महासंघ अध्यक्ष उमेशप्रसाद सिंहले औद्योगिक व्यवसाय ऐनमार्फत लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न सकेमात्र समृद्ध अर्थतन्त्रको निर्माणमा सहयोग पुग्ने बताए।

आर्थिक समृद्धि र विकासका लागि आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र उत्पादकत्व वृद्धिका लागि ठोस कार्ययोजना बनाइ कार्यान्वयन गरिनुपर्ने उनको भनाइ थियो। सार्वजनिक निकायमा सम्भव भएसम्म स्वदेशी वस्तुको प्रयोगलाई अनिवार्य गर्न नसकिएको भन्दै उनले व्यवसायिक रूपमा निजी क्षेत्रबाट सञ्चालन हुने ‘भर्चुअल मार्केट प्लेस’को विकासमा सहयोग गर्न आग्रह गरेका छन्।

महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले उद्योग नवीकरण फेल हुँदा ३०० प्रतिशत जरिवाना लिने परिपाटी अन्त्य हुनुपर्ने भन्दै संघ, प्रदेश र स्थानीय तहका ऐन, नियम र कार्यविधि एक अर्काको पूरक बन्नुपर्ने धारणा राखे।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले लघु घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन र विकास गरेर ठूला उद्योगमा रूपान्तरण गर्नुपर्ने बताए। पछिल्लो समय उत्पादनभन्दा आयातमा केन्द्रित हुँदा साना उद्योग फष्टाउन नसकेको उनको भनाइ थियो।

प्रकाशित: १२ मंसिर २०८० १६:४४ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast