सहसचिवको सरुवा गर्न मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस ७ मंसिर २०८० ९:१९ | Thursday, November 23, 2023
सहसचिवको सरुवा गर्न मन्त्रिपरिषद् बैठक बस्दै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक अहिले १० बजे बस्ने भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूसँगै केही केही प्रशासनिक निर्णयहरूसमेत हुन सक्ने जनाइएको छ।

सचिवालय स्रोतका अनुसार आजको बैठकले पुनः सहसचिवको सरुवा गर्ने निर्णय गर्न सक्ने सम्भावना छ।

यसअघि नै पटक पटक सरुवा गर्ने निर्णय गरे पनि केही शक्तिशाली ठानिएका मन्त्रालयमा जाने र निस्कने सहसचिवहरूको शक्ति संघर्षका कारण निर्णय कार्यान्वयन हुन सकेको थिएन। जसका कारण पटक पटक सूची फेरबदल हुँदै आएको थियो।

यससँगै बैठकका आजको आन्दोलनबारे पनि छलफल हुने बुझिएको छ। यसअघि मंगलबार बस्दै आएको बैठक आजदेखि विहीबार बस्ने भनिएको छ। त्यसअघि सोमबार र विहीबार बस्ने गरेको थियो।

प्रकाशित: ७ मंसिर २०८० ९:१९ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast