सवारी दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा मृत्यु

हिमाल प्रेस ३० कार्तिक २०८० १३:३४ | Thursday, November 16, 2023
सवारी दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा मृत्यु प्रतीकात्मक तस्बिर।

दाङ- दाङको बङ्गलाचुलीमा बुधबार दिउँसो अटो दुर्घटनामा सख्त घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए।

कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रमामा आज बिहान मृत्यु हुनुभएकी उनी चढेको आटो बुधबार दिउँसो १ :४० बजे बङ्गलाचुली – ५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नं को अटो ब्रेक फेल भई झन्डै पाँच सय मिटर तल खसेको थियो। घाइते बुढालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाइएको थियो।

प्रकाशित: ३० कार्तिक २०८० १३:३४ | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast