सरकारले सुशासन कायम गर्न सकेन : उपसभापति अर्याल

हिमाल प्रेस ३ मंसिर २०८० ९:४२ | Sunday, November 19, 2023
सरकारले सुशासन कायम गर्न सकेन : उपसभापति अर्याल उपसभापति अर्याल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सरकारले सुशासन कायम गर्न नसकेको बताएका छन्। आइतबार राष्ट्रिय समाचार समिति (रासस) सँग कुरा गर्दै सांसदसमेत रहेका अर्यालले सुशासनमा समस्या देखिएको बताएका हुन्।

राजनीतिक यात्राको एक वर्ष पूरा गर्दा सांसद अर्यालले सुशासनमा सबैभन्दा ठूलो समस्या देखिएको पाएको बताए। ‘सरकार नै मिलिजुली बनेको छ, भागबन्डाका कुरा आउँछन्। हामीले सोचेको जस्तो त छैन तर सुशासन कायम गर्नका लागि हामी घच्‍घचाउने काममा निरन्तर लागेका छौँ।’

सांसद अर्यालले सफल संसदीय अभ्यासमा अनुशासन अतिआवश्यक हुने उल्लेख गर्दै संसदीय मर्यादा विपरीत सदनमा आरोपप्रत्यारोपका क्रममा प्रयोग हुने भाषा सुन्न लायक नभएको अनुभव सुनाए।

‘यो हुनु हुँदैन आउने दिनमा सच्चिनुपर्छ,’ उनले भने,‘कानुन बनाउने जनप्रतिनिधिले के कसरी बोल्ने, खाने, हिँड्ने र लाउने कुरामा ध्यान दिनुपर्छ भन्ने मेरो व्यक्तिगत बुझाइ हो। त्यसमा हामी पार्टीभित्र पनि छलफल गरिरहेका छौँ।’ उनले समग्र राजनीतिक संस्कारमा सुधारको आवश्यक भएको बताए।

प्रकाशित: ३ मंसिर २०८० ९:४२ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast