सयपत्री थुलुङकाे कवितासंग्रह ‘गाउँ फर्किरहेको परदेशी’ विमोचन

हिमाल प्रेस ९ मंसिर २०८० १९:३५ | Saturday, November 25, 2023
सयपत्री थुलुङकाे कवितासंग्रह ‘गाउँ फर्किरहेको परदेशी’ विमोचन

काठमाडौँ– सयपत्री थुलुङको कवितासंग्रह ‘गाउँ फर्किरहेको परदेशी’ विमोचन गरिएको छ। थापागाउँस्थित मण्डला नाटकघरमा पुस्तक विमोचन गरिएको हो। कामको सिलसिलामा जापान पुगेकी थुलुङले उपहारस्वरूप कविता पाठकमाझ ल्याएको बताइन्। तीन वर्ष जापान बस्दाको अनुभवलाई काव्यिक रूप दिइएकाे पनि उनले बताएकी छन्।

उनले विद्यालय पढ्दादेखि नै कविता, गजल लेख्दै आएकी थिइन्। देशभन्दा टाढा रहँदा देशप्रतिको प्रेम, आफ्नो अनुभव र भोगाइलाई साहित्यमा पोखेको उनले सुनाइन्।

पुस्तकमा ३५ वटा कविता संकलन गरिएको छ। प्रत्येक कवितामा परिवार र देशप्रतिको माया पोखिनुका साथै आफ्नो रैथाने संस्कार र संस्कृतिको जगेर्ना गर्ने विभिन्न बिम्बको प्रयोग गरिएको कवि उत्तम लिम्बूले बताए। उनका अनुसार थुलुङका कवितामा परदेशमा रहेर देशप्रतिको प्रेम झल्काइएको छ।

अर्की कवि ज्योति जंगलले थुलुङका कवितामा अस्तित्वको खोजी गरिएको बताइन्। ‘प्रत्येक कवितामा आशावादी स्वर छ। यस्तै मातृत्वप्रेम थुलुङका कवितामा पाइने अन्य विशेषता हुन्’, उनले भनिन्।

सम्भव समूहले आयोजना गरेको कार्यक्रममा कवि श्रवण मुकारुङ, उत्तम लिम्बू, ज्योति जंगल र सयपत्री थुलुङले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।

प्रकाशित: ९ मंसिर २०८० १९:३५ | Saturday, November 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast