सम्पर्कमा नआएका २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रधान कार्यालयको आग्रह

हिमाल प्रेस १० मंसिर २०८० ७:५३ | Sunday, November 26, 2023
सम्पर्कमा नआएका २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रधान कार्यालयको आग्रह

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नआएका कर्मचारीलाई हाजिर हुन आग्रह गरेको छ। कार्यालयले आइतबार सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो।

आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।

कार्यालयले सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित उपस्थित हुन अनुरोध गरेको छ। उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयको भनाइ छ।

Untitled
प्रकाशित: १० मंसिर २०८० ७:५३ | Sunday, November 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast