सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन

हिमाल प्रेस ६ मंसिर २०८० ७:५४ | Wednesday, November 22, 2023
सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको मिटर जडान तथा बक्यौता महसुल तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ।

स्थानीय निकायहरूले सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न प्राधिकरणले निर्देशन दिएको हो।

मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरूका लागि सात दिनभित्र मिटर जडान गराई ग्राहक कायम गराउन तथा सडक बत्ती बापतको बक्यौता महसुल बुझाउन प्राधिकरणले भनेको छ।

‘उक्त समयावधिभित्र सडक बत्तीका लागि मिटर लिई ग्राहक नबनेमा त्यस्ता बिना मिटरका सडक बत्तीहरू नेविप्राको सम्बन्धित वितरण केन्द्रबाट हटाइनेछ,’ प्राधिकरणले भनेको छ, ‘सडक बत्तीको बक्यौता महसुल नबुझाउने स्थानीय निकायहरूको हकमा महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही हुनेछ।’

प्रकाशित: ६ मंसिर २०८० ७:५४ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast