फाइल तस्बिर
काठमाडौँ– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जन्म मिति विवादमा तानिएका नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीको कागजात पेस गर्न निर्देशन दिएको छ। समितिले गृहमन्त्रालयमार्फत ज्ञवालीको कागजात माग गरेको समितिका सभापति रामहरि खतिवडाले हिमालप्रेसलाई जानकारी दिए।
उनले भने, ‘जन्म मितिबारे उजुरी समितिमा आइसकेपछि यसबारे समितिले ठोस तथ्य के हो भनेर पत्ता लगाउन गृहमन्त्रालयलाई पत्र लेखेर कागजात दिन निर्देशन दिएको छ।’
ज्ञवालीको जन्म मिति विवादबारे सर्वोच्चमा पनि रिट परेको थियो। तर, सर्वोच्चले दरपीठ गरिदिएको थियो। ज्ञवालीमाथि जन्म मिति फरक पारेर प्रहरी सेवामा प्रवेश गरेको गम्भीर आरोप लागेको छ।
प्रकाशित: ३ मंसिर २०८० १३:२२ | Sunday, November 19, 2023
प्रतिक्रिया




