संसदीय व्यवस्था भने पनि सांसदका कुरा लागू हुँदैनन्ः सीके राउत

हिमाल प्रेस १७ कार्तिक २०८० १२:४९ | Friday, November 3, 2023
संसदीय व्यवस्था भने पनि सांसदका कुरा लागू हुँदैनन्ः सीके राउत फाइल तस्बिर।

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्न जनमत पार्टीको स्थापना भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए। उनले संसदीय व्यवस्था भने पनि सांसदहरूले भनेका कुरा लागू नहुने गरेको बताए।

अध्यक्ष राउतले देश ३५ वर्ष यता तीन जना नेताहरूमै घुमिरहेकाले त्यसलाई चिर्न आफूहरू आएको बताए। उनले जनताका गास, बास र कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरूमा रहेको बताए।

अध्यक्ष राउतले जनताको भरोसालाई इमानदारिताका साथ पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीलाई आएको बताए। उनले पार्टीलाई राष्ट्रव्यापी रूपमा विस्तार गर्ने बताए। उनले आफू मन्त्री बन्नकै लागि पार्टी खोलेर राजनीतिमा नआएको बताए।

प्रकाशित: १७ कार्तिक २०८० १२:४९ | Friday, November 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast