सांकेतिक तस्बिर।
काठमाडौँ- अछाममा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्। मंगलसेन नगपालिका–३, लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
उनका अनुसार मृतक उर्मिलाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिएपछि माइती पक्षले उनका श्रीमान् शेरबहादुरको नाममा किटानी जाहेरी दिएको उनको भनाइ छ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका शेरबहादुर नेपाल प्रहरीको सेवाबाट हालै अवकाश पाएका व्यक्ति हुन्।
प्रकाशित: ३० कार्तिक २०८० १६:४० | Thursday, November 16, 2023
प्रतिक्रिया





