काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टिकटक बन्द गर्ने निर्णय खेद जनक रहेको बताएका छन्।
कोइरालाले यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह पनि गरेका छन्। उनले सामाजिक सन्जालमा भनेका छन्, ‘व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक छ। यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह गर्दछु।’
उनले विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरूका बारेमा सरकारलाई स्मरणस् गराउन चाहेको पनि उल्लेख गरेका छन्।
प्रकाशित: २८ कार्तिक २०८० ८:४८ | Tuesday, November 14, 2023
प्रतिक्रिया



