शंखमूलबाट ६ थान नक्कली नोटसहित एक जना पक्राउ

हिमाल प्रेस १३ मंसिर २०८० १८:४९ | Wednesday, November 29, 2023
शंखमूलबाट ६ थान नक्कली नोटसहित एक जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँ महानगरपालिका-३१, शंखमूलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी ६ थान नक्कली जस्तो देखिने नोटसहित एक जना पक्राउ परेका छन्।

धादिङ गजुरी गाउँपालिका-४ घर भई काठमाडौँ शंखमूल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

शंखमूलस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १३ मंसिर २०८० १८:४९ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast