वैशाखमा लगानी सम्मेलन

हिमाल प्रेस १० मंसिर २०८० १६:३२ | Sunday, November 26, 2023
वैशाखमा लगानी सम्मेलन

काठमाडौंँ– सरकारले आगामी वैशाख ९ र १० गते तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ। लगानी सम्मेलनका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्देशक समिति बनाइएको हो। निर्देशक समितिको पहिलो बैठक आज बसेको छ।

समितिको बैठकपछि अर्थमन्त्री डा. महतले लगानी सम्मेलनका लागि तयारी थालिएको बताए। ‘यो लगानी सम्मेलनमा विदेशी लगानी मात्र होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो। यसलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली राजदूतावासलाई परिचालनसमेत गरिनेछ,’ अर्थमन्त्री महतले भने।

लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति बनेको छ।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिनेलगायत काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ। विभिन्न समितिले ‘सोकेस’मा लैजाने आयोजना छनोटसमेत गर्नेछन्।

प्रकाशित: १० मंसिर २०८० १६:३२ | Sunday, November 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast