वेयरहाउजिङको खुल्यो आईपीओ

हिमाल प्रेस १० मंसिर २०८० १०:१६ | Sunday, November 26, 2023
वेयरहाउजिङको खुल्यो आईपीओ

काठमाडौँ- नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ।

कम्पनीले  ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो।

मंसिर १३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ। उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा आवेदन मंसिर २४ गतेसम्म थप हुनेछ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुने १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

प्रकाशित: १० मंसिर २०८० १०:१६ | Sunday, November 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast