काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले सरकारमा भएको बेलामा नै फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउने निर्णय भएको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले एमाले सरकारमा रहको बेलामा नै जनयुद्ध दिवस मनाउने निर्णय भएको बताएका हुन्।
‘पूर्ववक्ता माननीयज्यूले फागुन १ गतेलाई दिवसको रुपमा मनाउन नहुने भन्नुभयो तर उहाँ उपप्रधानमन्त्री भएका वेला माघ १९ गते यो दिवस मनाउने निर्णय भएको हो’ ,उनले भने।
एमाले उपाध्यक्ष विष्णु पौडेलले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउन संसद्बाट प्रस्ताव पारित गर्न सरकारलाई चुनौती दिएका थिए। उनले फागुन १ गते कुनै पनि हालतमा उत्सव हुन नसक्ने टिप्पणी गरेका थिए।
प्रकाशित: १६ कार्तिक २०८० १४:०८ | Thursday, November 2, 2023
प्रतिक्रिया





