विश्वकप क्रिकेट : सय रन नबनाउँदै भारतले गुमायो तीन विकेट

हिमाल प्रेस ३ मंसिर २०८० १५:२७ | Sunday, November 19, 2023
विश्वकप क्रिकेट : सय रन नबनाउँदै भारतले गुमायो तीन विकेट

काठमाडौँ- भारत र अस्ट्रेलियाबीच जारी विश्वकप क्रिकेटको फाइनलमा भारतले पहिला ब्याटिङ गरिरहेको छ। भारतले कप्तान रोहित शर्माका रुपमा दोस्रो विकेट गुमाएको छ भने श्रेयस अय्यर चौथो विकेटका रुपमा आउट भएका छन्। शर्मा ३१ बलमा ४७ रन बनाएर ग्लेन म्याक्स्वेलको बलमा क्याच आउट भएका छन्।

चौका र छक्का प्रहार गरेका उनले तेस्रो बलमा पनि ठूलो सट खेल्न खोजेका थिए। यस्तै अय्यर अस्ट्रेलियाका कप्तान पाट कमिन्सको बलमा विकेटकिपरबाट क्याच भए। उनी तीन बलमा चार रन बनाएर आउट भए। ८१ को स्कोरमा भारतले तेस्रो विकेट गुमाएको हो। भारतको पहिलो विकेटको रुपमा शुभमन गिल आउट भएका थिए। मैदानमा विराट कोहली र केएल राहुल छन्।

प्रकाशित: ३ मंसिर २०८० १५:२७ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast