विद्युतीय सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा

हिमाल प्रेस २४ कार्तिक २०८० १६:०५ | Friday, November 10, 2023
विद्युतीय सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा

काठमाडौँ– नेपालमा पहिलो पटक विद्युतीय सवारी साधनलाई समेटेको राइड सेयरिङ एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा आएको छ। ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा विद्युतीय ट्याक्सी र स्कुटरबाट सेवा सुरु गरेको हो।

सस्तो, नयाँ गाडी, दुर्घटना बिमा, ओपीटी प्रणाली र जीपीएस प्रणाली जडान गरी ‘ईड्राइभ नेपाल एप’ सुरु गरेको कम्पनीले जनाएको छ। हाल कम्पनी आफैँले २० वटा ट्याक्सी सञ्चालनमा ल्याएको छ। थप एक सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ। साथै ईड्राइभको अभियानमा नेपालमा रहेका अन्य विद्युतीय सवारी साधनहरू पनि क्रमशः जोडिँदै जाने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०८० १६:०५ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast