लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन [फोटो फिचर]

दिपेश श्रेष्ठ १० मंसिर २०८० १५:१६ | Sunday, November 26, 2023
लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन  [फोटो फिचर]

काठमाडौँ- काठमाडौँको वसन्तपुरको काष्ठमण्डप अगाडि लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन गरिएको छ। आज आइतबार महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गतको दोस्रो दिन लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन गरिएको हो।

आभाफर क्रिएटिभिटीको संयोजनमा सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा वन क्षेत्रमा हुने लैङ्गिक हिंसाविरुद्ध प्रदर्शन गरिएको हो। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ।

नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि विसं २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको १६ दिने अभियान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो।

 

प्रकाशित: १० मंसिर २०८० १५:१६ | Sunday, November 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast