रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईको अवस्था गम्भीर

हिमाल प्रेस १ मंसिर २०८० ९:११ | Friday, November 17, 2023
रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईको अवस्था गम्भीर

रुपन्देही- रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट दाङ जाँदै गरेको बाप्र०३-००१ नम्बरको बस बुधबार राति पौने १२ बजे देवदह नगरपालिका ८ भलुहीमा पल्टिँदा २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

बसमा सवार ३८ मध्ये बाँकी १८ जना भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए।

घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: १ मंसिर २०८० ९:११ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast