रास्वपा घरदैलो अभियानमा

हिमाल प्रेस २ मंसिर २०८० ११:२१ | Saturday, November 18, 2023
रास्वपा घरदैलो अभियानमा रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो अभियान थालेको छ।

रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव संकलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो।

‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो।

रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’सहित मतदातासँग साक्षात्कार गर्ने उनले जानकारी दिए। अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव संकलन गर्ने प्रवक्ता ढकालको भनाइ छ।

‘चुनावअघि मात्र होइन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरूप हामी घरदैलो कार्यक्रम गर्दै छौँ’,उनले भने। यही मंसिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ।

प्रकाशित: २ मंसिर २०८० ११:२१ | Saturday, November 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast