रास्वपामा थपिएका यी हुन् पदाधिकारी र केन्द्रीय सदस्य

हिमाल प्रेस १३ मंसिर २०८० २०:०३ | Wednesday, November 29, 2023
रास्वपामा थपिएका यी हुन् पदाधिकारी र केन्द्रीय सदस्य

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी र केन्द्रीय सदस्यहरू थप गरेको छ। महोत्तरीको जलेश्वरमा भएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले विभिन्न पदमा मनोनीत गरेको हो।

जसअनुसार उपसभापतिमा स्वर्णिम वाग्ले, कोषाध्यक्षमा लिमा अधिकारी, सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य, सहकोषाध्यक्षमा दीपक बोहोरा, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईलाई मनोनीत गरिएको हो।

यस्तै अनिलकेशरी शाह, राजन गौतम, डा.नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्य बनाइएको छ। अन्य सबै सांसदहरुलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।

बैठकले २१ सदस्यीय पार्टी सचिवालय गठन गर्ने निर्णय गरेको छ। यसमा पदाधिकारीसहित संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई थपिएको छ। बाँकी पछि थपिने रास्वपाले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०८० २०:०३ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast