रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले

हिमाल प्रेस १३ मंसिर २०८० १८:१६ | Wednesday, November 29, 2023
रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थविद्‌समेत रहेका सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ। महोत्तरीको गौशालामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वाग्लेलाई उपसभापति मनोनीत गरेको हो।

रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ। पार्टीको उपसभापतिमा यसअघि डीपी अर्यालमात्रै थिए। वाग्लेको वरीयता अर्का उपसभापति अर्यालको भन्दा पछाडि हुनेछ। गत वैशाखमा भएको उपनिर्वाचनअघि कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका वाग्ले तनहुँ-१ बाट प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतका साथ निर्वाचित भएका थिए।

प्रकाशित: १३ मंसिर २०८० १८:१६ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast