राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको मतभार तोकियो, कसको कति?

हिमाल प्रेस ६ मंसिर २०८० १५:२७ | Wednesday, November 22, 2023
राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको मतभार तोकियो, कसको कति?

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको रिक्त हुने पदका लागि हुन लागेको निर्वाचनमा नयाँ मतभार तोकेको छ। राष्ट्रियसभाका एक तिहाइ सदस्यहरूको पदावधि आउँदो फागुन २० मा सकिँदैछ। पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

आयोगका अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिहरूको मतभार १९ कायम हुनेछ। यसअघि प्रदेशसभाको ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ थियो।

२०७८ को जनगणनाको नतिजा सार्वजनिक भएसँगै आयोगले सोहीअनुसार मतभार कायम गरेको जनाएको छ। अब हुने निर्वाचनमा नयाँ मतभार अनुसार मतगणना हुनेछ।

प्रकाशित: ६ मंसिर २०८० १५:२७ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast