राष्ट्रपतिको युरोप भ्रमण स्थगित

हिमाल प्रेस २० कार्तिक २०८० १५:०१ | Monday, November 6, 2023
राष्ट्रपतिको युरोप भ्रमण स्थगित राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ। भूकम्पका कारण देशको अवस्था अनुकुल नरहेको भन्दै राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

पौडेल कात्तिक २२ गते फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन जाने तयारी थियो। उनको भ्रमण मन्त्रिपरिषद्ले पनि स्विकृत गरिसकेको थियो।

पेरिसको कार्यक्रम पछि पौडेल जर्मनी र इटाली जाने र मंसिर १ गते स्वदेश फर्किने तयारी थियो।

राष्ट्रपति पौडेल फ्रान्स जाँदै

प्रकाशित: २० कार्तिक २०८० १५:०१ | Monday, November 6, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast