कठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)का सभापति रवि लामिछानेले सरकारले झुक्याएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भए पनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट नयाँ धन्दा सुरु गरिएको आरोप लगाए। जनतालाई झुक्काउने काममा सरकार निरन्तर लागेको उनको भनाइ थियो।
देशको मुहार उज्यालो पार्न आफूहरू आएको भन्दै उनले गलत काम गर्नेसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे। बारुदबाट यसअघि परिवर्तनको प्रयास गरिएको उनले उल्लेख गरे। अब रास्वपाले फूलको सुगन्धबाट मुलुकको परिवर्तन गर्ने उनले बताए। उनले नेपाल संवत्लाई पार्टीको आन्तरिक माइन्युटमा लेख्ने प्रस्ताव आउँदो बैठकमा लिएर जाने घोषणा समेत गरे।





