रवि लामिछानले पनि गरे टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध

हिमाल प्रेस २७ कार्तिक २०८० १६:१३ | Monday, November 13, 2023
रवि लामिछानले पनि गरे टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर गलत गरेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले समस्या प्लेटफर्मको नभई कन्टेन्टको भएको बताएका हुन्।

‘सामाजिक सञ्जाल नियमन गर्ने हो, बन्द गर्ने होइन। समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होइन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्। प्राविधिक रुपमा खराबलाई कन्ट्रोल गर्न सकिन्छ। टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ,’ उनले लेखेका छन्, ‘के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त? यो निर्णय गर्ने सत्ता धारी दल कै कयौं नेताहरू भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त? मुलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरू सामाजिक संजालबाट उदाए, मुलधारले लुकाएका कयौं समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौ अफवाहलाई मुलधारले फेक प्रमाणीकरण गरे।’

प्रकाशित: २७ कार्तिक २०८० १६:१३ | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast