युवालाई विदेशी सेनामा जागिर खोज्न बाध्य बनाउने शासकहरू अपराधी हुन् : कमल थापा

हिमाल प्रेस १३ मंसिर २०८० १०:४० | Wednesday, November 29, 2023
युवालाई विदेशी सेनामा जागिर खोज्न बाध्य बनाउने शासकहरू अपराधी हुन् : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर : रासस

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले नेपाली युवालाई विदेशी सेनामा जागिर खोज्न बाध्य बनाउने शासकहरूलाई भ्रष्ट र अपराधीको संज्ञा दिएका छन्। थापाले  रुसी सेनामा कार्यरत नेपाली युवाको मृत्यु भएको घटना सुन्दा आफू स्तब्ध भएको भन्दै यस्तो आरोप लगाएका हुन्।

युक्रेनऔरुस युद्धमा हालसम्म तीन नेपालीले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान  रहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए ।

थापाले भनेका छन्, ‘युद्धरत विदेशी सेनामा जागिर खोज्न बाध्य बनाउने भ्रष्ट शासकहरु अपराधी हुन्।’ रुसी सेनामा नेपाली युवा सहभागी भएको विषयमा आफूले सरकारका मन्त्रीलाई महिनौँअघि जानकारी गराए पनि सुनुवाइ नभएको उल्लेख गरेका छन्। ‘रुसी सेनामा नेपाली युवाहरु सहभागी भएकोबारे महिनौँ अघि आवाज उठाउँदा त्यसबारे कुनै जानकारी नभएको बताउने मन्त्रीलाई पदमा बस्ने अधिकार छैन’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: १३ मंसिर २०८० १०:४० | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast