फाइल तस्बिर
तेल अवीव- इजरायलमा गत महिना (अक्टोबर, २०२३) मा २२० मिलियन अण्डा उत्पादन गरिएको छ।
जारी युद्धले देशको कृषि उत्पादनमा निकै ठूलो असर पारेको छ। कृषि मन्त्रालयले आगामी हिउँदका महिनाहरूमा ताजा तरकारीको स्थानीय उत्पादनमा विगतका वर्षहरूको तुलनामा कमी आउने अनुमान गरेको छ।
यति हुँदाहुँदै पनि अण्डा र मासुको दरभने बढ्दो मात्रामा रहेको मन्त्रालयले उल्लेख गरेको छ। साथै कुखुराको आपूर्ति पनि नबिग्रिने मन्त्रालयले बताएको छ।
त्यस्तै युद्धले दुग्ध उद्योग, गाजा नजिकैको क्षेत्रबाट दूध संकलनलगायतमा पनि सामान्य प्रभाव परेको इजरायको कृषि मन्त्रालयले उल्लेख गरेको छ। रासस/एएनआई
प्रकाशित: २७ कार्तिक २०८० १९:४१ | Monday, November 13, 2023
प्रतिक्रिया



