यस्तो छ ‘उपहार’ को गीत ‘वाह! वाह!! वाह!!!’

हिमाल प्रेस १७ कार्तिक २०८० १७:०९ | Friday, November 3, 2023
यस्तो छ ‘उपहार’ को गीत ‘वाह! वाह!! वाह!!!’

काठमाडौँ- फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’ को ‘वाह! वाह!! वाह!!!’ बोलको पहिलाे गीत सार्वजनिक भएको छ। शुक्रबार कमलपोखरीस्थित बिग मुभिजमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो।

शंकर अधिकारी घायलको शब्द रहेको गीतमा गायक बाबुल गिरी र गायिका एलिना चौहानले स्वर दिएका छन्। गीतमा गायक बाबुलले संगीत भर्नुका साथै संगीत संयोजन र मास्टरिङ पनि गरेका छन्।

रोमान्टिक गीतको भिडियोमा फिल्मका तीन जोडी कलाकारको नृत्य देख्न सकिन्छ। जसमा रेखा थापा र मुकुन भुसाल, पूजा शर्मा र समर्पण जंग कार्की, बेनिशा हमाल र तेज गिरी छन्।

अभिनेत्री रेखाले नै निर्माण गरेको फिल्मका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन। बलराम रेखाका पति हुन्। सामाजिक विषयवस्तुमा आधारित फिल्मका लेखक सुलक्षण भारती हुन्।

फिल्ममा सुलक्षण भारती, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ। रेखा फिल्म्स् तथा कपनगढी सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म विष्णु  घिमिरे कल्पितले छायांकन गरेको हुन्। फिल्ममा देव गुरुङको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ।

प्रकाशित: १७ कार्तिक २०८० १७:०९ | Friday, November 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast