यस्तो छ आजको मौसम

हिमाल प्रेस १२ मंसिर २०८० ६:४९ | Tuesday, November 28, 2023
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित: १२ मंसिर २०८० ६:४९ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast