म्हः पूजा सम्पन्न

हिमाल प्रेस २८ कार्तिक २०८० २२:०३ | Tuesday, November 14, 2023
म्हः पूजा सम्पन्न

काठमाडौँ- प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदाय गर्ने म्हः (आत्म) पूजा मंगलबार साँझ विधिपूर्वक सम्पन्न भएको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा गर्छन्। वर्षभर सुख, शान्ति एवं खुसीयाली मिल्ने जनविश्वासमा यो पर्व मनाउने गरिएको हो।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय रहेको धर्मशास्त्रविद् रामचन्द्र गौतमले बताए। आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ। यसै विश्वासका आधारमा यो पर्व मनाउने गरिएको हो।

यस वर्ष सोमबार र मंगलबार दुई दिन प्रतिपदा तिथि परेको छ। भक्तपुरलगायत केही स्थानमा भने सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको थियो। यसैगरी एकथरी नेवार समुदायले मंगलबार म्हः (आत्म) पूजा गरेका हुन्।

प्रकाशित: २८ कार्तिक २०८० २२:०३ | Tuesday, November 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast