मौलिक संस्कृति संरक्षण गर्न सरकार गम्भीर छ : सञ्चारमन्त्री

हिमाल प्रेस ७ मंसिर २०८० २१:४२ | Thursday, November 23, 2023
मौलिक संस्कृति संरक्षण गर्न सरकार गम्भीर छ : सञ्चारमन्त्री फाइल तस्बिर।

देउखुरी (दाङ)-  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालका मौलक कला, संस्कृति संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताएकी छन्।

बंगलाचुली गाउँपालिकाले स्थानीय कला संस्कृति संरक्षणका लागि आज (बिहीबार) आयोजना गरेको बृहत् भैलो महोत्सवमा मन्त्री शर्माले आफ्नो मौलिक संस्कृति जोगाउन नयाँ र पुरानो पुस्ता एक ठाउँमा हुनुपर्छ भन्दै मौलिक लोक कला संस्कृति संरक्षणका लागि सरकार गम्भीर रहेको बताइन्।

फरक प्रसंगमा मन्त्री शर्माले निर्वाचनका बेला मतदातासमक्ष गरिएका वाचा पू्रा गर्न आफू प्रतिबद्ध रहेको बताइन्।

प्रकाशित: ७ मंसिर २०८० २१:४२ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast