मुक्तिनाथमा भक्तजनको घुइंचो

हिमाल प्रेस २ मंसिर २०८० १६:५४ | Saturday, November 18, 2023
मुक्तिनाथमा भक्तजनको घुइंचो

म्याग्दी- मुस्ताङको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा भक्तजनको घुुइंचो लागेको छ। मन्दिर दर्शन र पूजाआजा गर्न दैनिक करबि दुई हजार भक्तजन आउने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिले जानकारी दिएको छ।

दसैैँ तथा तिहार बिदाको उपयोग गर्दै मन्दिर दर्शन गर्न ठूलो संख्यामा भक्तजन आउने गरेका छन्। नेपालका विभिन्न ठाउँ तथा भारत र अन्य मुलुकबाट दैनिक रूपमा भक्तजन मन्दिर दर्शन गर्न आउँछन्।

मन्दिर परिसरमा रहेका १ सय ८ धारा र २ वटा कुण्डमा स्नान गर्ने भक्तजनको दिनभरि घुुइंचो लाग्ने गरेको छ। मुक्तिनाथ हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तीर्थस्थल हो।

मुक्तिनाथ मन्दिर समुद्री सतहबाट ३ हजार ७ सय १० मिटर उचाईमा छ। मुक्तिनाथ विश्वकै प्रशिद्ध पदमार्ग ‘अन्नपूर्ण सक्रिट’मा पर्छ। त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ।

प्रकृतिमा रमाउने पर्यटक ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन्। शरदयामको यो सिजनमा आन्तरिकका साथै विदेशी पर्यटक उल्लेख्य रूपमा मुक्तिनाथको दर्शन गर्न आउँछन्। रासस

प्रकाशित: २ मंसिर २०८० १६:५४ | Saturday, November 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast