मुक्तककार प्रतिमा केसीको ‘प्रवासी मन’ लोकार्पण

हिमाल प्रेस ५ मंसिर २०८० २१:१९ | Tuesday, November 21, 2023
मुक्तककार प्रतिमा केसीको ‘प्रवासी मन’ लोकार्पण

काठमाडौँ- नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाका उपाध्यक्ष तथा मुक्तककार प्रतिमा केसीको ‘प्रवासी मन’ लोकार्पण भएको छ।

नेपाल मुक्तक प्रतिष्ठानद्वारा आज (मंगलबार) आयोजित लोकार्पण समारोहमा नेपाली भाषा, भेष, संस्कृतिको प्रतिबिम्ब, समाजको परिवेश, महिलाका आवाज समेटिएको ‘प्रवासी मन’ लोकार्पण गरिएको हो ।

साहित्यकार उषा शेरचनले कृति विमोचन गर्दै महिलाले आफ्ना दैनिक जिम्मेवारी बहन गरेर कलम चलाउनु अन्य महिलाको लागि प्रेरणाप्रद भएको बताइन्।

हातेमालो साहित्य संगमका अध्यक्ष तथा मुक्तककार सुनिल अधिकारीले नेपाली साहित्यमा ‘प्रवासी मन’ मुक्तक संग्रहले एक हजार एक सय १२ वटा मुक्तक प्रकाशन गरी इतिहास रचेको बताए।

प्रकाशित: ५ मंसिर २०८० २१:१९ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast