माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा एक दम्पतीको मृत्यु

हिमाल प्रेस ४ मंसिर २०८० २१:३० | Monday, November 20, 2023
माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा एक दम्पतीको मृत्यु प्रतीकात्मक तस्बिर।

पोखरा- कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा पोखरामा एक दम्पतीको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा २९, पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा पोखरा २९ बस्ने ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जनाए। डीएसपी विकका अनुसार सुनार दम्पती मुस्ताङ स्थायी घर भई हाल पट्नेरीमा बस्दै आएका थिए।

दिउँसो करिब ४ बजे माछा मार्न तार बिछ्याउने क्रममा उनीहरूलाई करेन्ट लागेको हो। पोखरा-२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले जलकुम्भी कुलो भनिने उक्त कुलोमा बेलाबखत मानिसहरू माछा मार्ने गरेकोमा सोमबार अप्रिय घटना घटेको भन्दै दुःख व्यक्त गरे। उक्त कुलो नजिकैको भीरको पहरा मुल फुटी बहने गर्दछ।

शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ।

प्रकाशित: ४ मंसिर २०८० २१:३० | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast