माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

हिमाल प्रेस ७ मंसिर २०८० ११:१९ | Thursday, November 23, 2023
माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

काठमाडौँ– माछापुच्छ्रे बैंकको ४९१औँ सञ्चालक समितिको बैठकले रोशन केसीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको छ।

बिहीबार बसेको बैठकले बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्ष चयन गरेको हो।

केसी ९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध छन्। उनी २०७४ वैशाखदेखि २०७५ पुससम्म पनि बैंकको अध्यक्ष थिए। केसीले यसअघि बैंकमा संस्थापक सञ्चालकको रूपमा प्रतिनिधित्व गर्दै आएका छन्।

प्रकाशित: ७ मंसिर २०८० ११:१९ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast