माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीद्धारा शपथ ग्रहण

हिमाल प्रेस ८ मंसिर २०८० १५:१६ | Friday, November 24, 2023
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीद्धारा शपथ ग्रहण

काठमाडौँ– माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले शपथ ग्रहण गरेका छन्। शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उनले पद तथा गोपनियताको शपथ लिएका हुन्।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो।

माछापुच्छ्रे बैंकको बिहीबार बसेको ४९१औँ सञ्चालक समितिको बैठकले केसीलाई अध्यक्ष चयन गरेको थियो।

प्रकाशित: ८ मंसिर २०८० १५:१६ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast