काठमाडौँ- नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश गरेकी छन्।
पूर्व सांसदसमेत रहेकी विश्वकर्मा मंगलबार माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरे।
उमा विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद भएकी थिइन्। एमाले प्रवेशसँगै माओवादी कपिलवस्तुलाई धक्का लागेको छ।
                            प्रकाशित: १५ कार्तिक  २०८० ९:०४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

